राजनीति

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

आज सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। 

बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ। बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ। काँग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ।

प्रकाशित: ४ आश्विन २०८० ०३:५६ बिहीबार

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै