राजनीति

दाहाल र नेपालले भने: आउँदो चुनावमा बाम एकताको पक्षमा छौं

चितवन- कम्युनिष्ट पार्टीका दुई पूर्व प्रधानमन्त्रीहरु एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनावमा वाम एकताको पक्षमा आफुहरु रहेको बताएका छन्। मंगलबार बिहान भरतपुर विमान स्थलमा छुट्टा छुट्टै समयमा भएको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो समान धारणा राखेका हुन्।

 ‘आउँदो चुनावमा बापमन्थी तालमेल हुनु पर्छ । हामी तयार छौं’ प्रेस चौतारी नेताल चितवन शाखाले विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भने । माओवादी तालमेलका लागि तयार हो भने बामपन्थीलाई प्रथामिकतामा राखेर तालमेलमा आउनु पर्ने उनले बताए। केन्द्रीय तहबाटै तालमेल गर्न औपचारिक कुराहरु सुरु भएको उनले बताए।

नेपालपछि विमानस्थल आएका माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तालमेलका विषयमा छलफल सुरु भएको स्वीकार गरे। ‘मेरो विषयमा भन्नु हुन्छ भने म चितवन क्षेत्र नं. ३ मा एक्लै पनि चुनाव लड्न र जित्न सक्ने अवस्थामा छु। तर पनि तालमेलबाट हामी भाग्दैनौं । तालमेल हुन्छ’ प्रेस सेन्टर नेपालले राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता दाहालले भने।

  ‘एमाले र काँग्रेस दुवैसँग छलफल चलेको छ । निश्कर्ष केही आएको भने छैन । संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु सँग तालमेल गर्ने हाम्रो नीतिगत निर्णय भइसकेको छ । सत्तारुढ वा बामपन्थी गठबन्धन बन्न पनि सक्छ’ दाहालले भने।

 

प्रकाशित: १० आश्विन २०७४ ०६:५२ मंगलबार

दाहाल नेपालले भने आउँदो चुनावमा बाम एकताको पक्षमा छौं