राजनीति

पर्साको पकहामैनपुरमा फोरम र जगरनाथपुरमा माओवादी

वीरगन्ज – पर्साको दुई वटा गाउँपालिकाको मतगणनाको नतिजा शनिबार बिहान आए अनुसार पकहा मैनपुर गाउँपालिका प्रमुख र उपप्रमुख संघीय समाजवादी फोरम नेपालले जितेको छ भने जगरनाथपुर गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा फोरम विजयी भएको छ। 

माओवादी अध्यक्ष पुष्पकमल दहालको विश्वासपात्र मानिने मिया साबिकज गरनाथपुर गाविसका पूर्व अध्यक्ष पनि हुन्। स्थानीय क्षेत्रमा राम्रो जनसम्पर्क रहेका मिया कुनै बेला नेपाली काँग्रेसका सो क्षेत्रमा जल्दाबल्दा नेता थिए। 

यता पकाहमैनपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालबाट प्रत्यासी रहेका प्रमुख र उपप्रमुखका दुबैले जित हासिल गरेका छन् । प्रमुखमा फोरमका विजय कुमार चौरसियाले १ हजार ७ सय ३५ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेश मेहतालाई एक सय ८१ मतको अन्तरले पराजित हराएका छन् । माओवादीका मेहताले १ हजार ५ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुख पदमा फोरम नेपालकै कुश्मा देवी निर्वाचित भएकी छन् । उनले निकटम प्रतिद्वन्द्वी नेपाली जनता दलकी अदया देवी महतालाई ७ सय १७ मतको फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएकी छन् । कुश्मा देवीली दुई हजार मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी अदया देवीले एक हजार २ सय ८३ मत प्राप्त गरेकी छन्।

उपप्रमुखमा निर्वाचित कुश्मा देवी मधेस आन्दोलको क्रममा संविधान जारी भएकै दिन २०७२ असोज ३ मा वीरगन्जको गीतामन्दीर रोडमा प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट मारिएका सहिद सत्रुधन पटेलकी आमा हुन्। 

प्रकाशित: ७ आश्विन २०७४ ०८:४८ शनिबार

पर्साको पकहामैनपुरमा फोरम जगरनाथपुरमा माओवादी