राजनीति

एमाले केन्द्रीय बैठक आजदेखि

काठमाडौँ –  नेकपा एमालेको आठौँ केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ। 

अहिले ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ। 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ। उनले बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने बताए। 

एमाले केन्द्रीय कमिटी बैठक लामो समयदेखि शीर्ष नेताको समय अभावका कारण बस्न सकेको थिएन। 

प्रकाशित: ६ आश्विन २०७४ ०६:३७ शुक्रबार

एमाले केन्द्रीय बैठक आजदेखि