राजनीति

औरही गाउँपालिकामा माओवादी केन्द्र विजयी

लहान – औरही गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन्। 

अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थ यादव र उपाध्यक्षमा फोरमका सीतादेवी यादव विजयी भएका हुन्। अध्यक्षमा विजयी सिद्धार्थले दुई हजार ६५८ तथा उनका निकटतम प्रतिद्वन्द्वी फोरमका शिवजी यादवले दुई हजार ६५२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उपाध्यक्षमा विजयी फोरमकी सीतादेवीले दुई हजार ६३२ तथा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी देवझरीदेवी यादवले दुई हजार ४५९ मत प्राप्त गरिन्। यससँगै हालसम्म माओवादी केन्द्र सिरहाका तीन स्थानीय तहमा विजयी भएको छ। 

प्रकाशित: ५ आश्विन २०७४ १२:३८ बिहीबार

औरही गाउँपालिकामा माओवादी केन्द्र