राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

बैठकमा दैनिक उपभोग्य वस्तुहरू चीनी, चामल लगायतका खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चबाट प्राप्त निवेदन माथि सरोकारवालाहरूसँग छलफल हुनेछ।  

त्यस्तै आजै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धी उपसमिति गठनबारे छलफल हुने बताइएको छ।

प्रकाशित: ३१ भाद्र २०८० ०३:५८ आइतबार

उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हीत समिति संसदीय समिति