राजनीति

सिरहाको भगवानपुर गाउँपालिकामा फोरम विजयी

लहान- सिरहाको भगवानपुर गाउँपालिकाबाट संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ। यो गाउँपालिमा फोरमबाट अध्यक्ष पदका उम्मेदवार बेचनप्रसाद यादव ८५ मतअन्तरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उग्रनारायण यादवलाई पराजित गरेको छ।

बेचनले ३ हजार ५८ मत प्राप्त गरेका छन् भने उग्रनारायणले २९ सय ७३ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, उपाध्यक्षमा संघीय समाजवादी फोरमकी सीतादेवी यादवले निकटतम प्रतिस्पर्धी  नेकपा एमालेबाट उपाध्य उम्मेदवार विन्ददेवी यादवलाई ९९ मतअन्तरले पराजित गरेकी छन्। सीताले ३ हजार १६ मत प्राप्त गरेकि छिन भने विन्दाले २९ सय १७ मत ल्याएकी छन्।
यहाँ कूल खसेको सदर मत ७ हजार ९ सय ४४ छ।

 

प्रकाशित: ५ आश्विन २०७४ ०३:२२ बिहीबार

सिरहाको भगवानपुर गाउँपालिकामा फोरम