राजनीति

सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस विजयी

नवराजपुर गाउँपालिकामा निर्वाचित विश्वमोहन यादव र शोभाकुमारी यादव।

लहान- सिरहाको नवराजपुर गाउँपालिकाबाट सिरहामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ।  नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार विश्वमोहन यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवउद्गार यादवलाई पराजित गरेका छन्।

कांग्रेसका अध्यक्ष उम्मेदवार यादवले फोरमका अध्यक्ष उम्मेदवार यादवलाई ७ सय ९ मतको फराकिलो अन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विश्वमोहनले २८ सय ८३ मत प्राप्त गरेका छन् भने शिवउद्गारले २१ सय १४ मत हासिल गरे। यसैगरी, उपाध्यक्षमा कांग्रेसकी शोभा कुमारी यादवले नेकपा एमालेकी संगीता कुमारी यादवलाई ३ सय ८९ मत अन्तरले पराजित गरेकी छन्। शोभाले २३ सय ७७ मत प्राप्त गरेकी छन् भने संगीताले १९ सय ८८ मत हासिल गरिन्। यहाँ कूल ६९ सय २ खसेको सदर मत थियो।

 

 

प्रकाशित: ५ आश्विन २०७४ ०२:२९ बिहीबार

सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस