राजनीति

माधव नेपालको गृह वडामा राजपाको जीत

रौतहट- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपाको जितेको छ। नेपालको गृह नगर गौरको वार्ड नम्बर २ मा राजपा नेपालको तर्फबाट उम्मेदवार बनेका राकेशकुमार झाले जित हासिल गरेका हुन्।

यसै गरी वार्ड नम्बर १ मा नेपाल लोकतान्त्रिक फोरमका भरत साहले जित हासिल पारेका छन्। गौर नगरपालिकाको मेयर पदमा एमालेबाट चर्चित उम्मदेवार शभ्मु साहको वडाबाट फोरम लोकतान्त्रिकले जित निकालेको हो। लोकतान्त्रिकका साहले एमालेका उम्मेदवार लालबाबु साहलाई पछि पार्दै जित हासिल गरेको हो।

प्रकाशित: ४ आश्विन २०७४ ०८:१६ बुधबार

माधव नेपालको गृह वडामा राजपाको जीत