राजनीति

दुई राज्यमन्त्री थपेर देउवा आफ्नै कीर्तिमान तोड्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ।

पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेकी हुन्।

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ। रासस

प्रकाशित: २ आश्विन २०७४ ०८:१३ सोमबार

दुई राज्यमन्त्री थपेर देउवा आफ्नै कीर्तिमान तोड्दै