राजनीति

अन्ततः गोपाल खड्का बर्खास्त

काठमाडौं – नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ। कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए।

खड्काले निगमका लागि जग्गा खरिद गर्दा एक अर्ब ६७ करोड रुपैयाँ अनियमितता गरेका थिए। नागरिक दैनिकले खड्काको अनियमिततालाई खोज गरी सार्वजनिक गरेको थियो।

प्रकाशित: २ आश्विन २०७४ ०६:३८ सोमबार

बर्खास्त नेपाल_आयल_निगम गाेपाल_खड्का नागरिक_खोज जग्गा_खरिद_घोटाला भ्रष्टाचार_अनियमितता