राजनीति

नेकपा एसले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने

नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन अगामी माघ १४ गतेदेखि १८ गतेसम्म हुने भएको भएको छ।

भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आगामी माघ १४ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।

महाधिवेशनको कार्यतालिका भने केन्द्रीय सचिवालयले तयार गर्ने छ। महाधिवेशनलाई केन्द्रित गरी भदौं मसान्तसम्म संङ्गठन र प्रचारको योजना बनाइ कार्यन्वयन गरिने भएको छ।  

प्रकाशित: २८ भाद्र २०८० १०:२३ बिहीबार

नेकपा (एकीकृत समाजवादी)