राजनीति

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो: रवि लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका हुन्।

उनले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग पनि गरेका छन्।

'चिकित्सक माथीको कुटपिट अराजकताको पराकाष्ठा हो। लापरबाही र जटिलता, आम जीवनले सजिलै छुट्याउन सकिने कुरा हुँदै होइन, उनले लेखेका छन्, 'त्यसैले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलाप प्रती खेद प्रकट गर्द्छु। चिकित्सक कुट्ने माथि कडा भन्दा कडा कारवाही होस्। गृहमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'

हेटौंडाको सञ्चो अस्पतालका डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीलाई बुधबार एक समूहले हस्पिटलमै कुटपिट गरेका थिए।

प्रकाशित: २८ भाद्र २०८० ०९:३९ बिहीबार

रवि लामिछाने