राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

यसअघि बुधवारका लागि तय गरिएको बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो।  

आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव  भरतराज गौतमले जानकारी दिए।

बैठक दिउँसो ३ बजे बस्नेछ।  

प्रकाशित: २८ भाद्र २०८० ०१:५० बिहीबार

प्रतिनिधि सभा सुवासचन्द्र नेम्वाङ देवराज घिमिरे