राजनीति

विवेकशील साझा पार्टीद्वारा भ्रष्टाचार प्रकरणका दोषीलाई कारवाही माग

काठमाडौं—वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टीले नेपाल आयल निगमसहित मुलुकमा भइरहेका श्रृङ्खलाबद्ध भ्रष्ट्राचारका घटनामा संलग्नहरुलाई कारवाही माग गरेको छ।

'लाखौँ युवाहरूले अरबका मरुमुमीमा रगत र पसिना बेचेर कमाएको रेमिटेन्सको भरमा चलेको अर्थतन्त्र र लोकतान्त्रिक सरकारको शासनमा ‘लुटतन्त्र’ को रजगज हुनु राजनीतिक गैरजिम्मेवारीको पराकाष्ठा मात्र हैन राज्य सञ्चालनमा रहेकाको नैतिकता र मानवताको चरम स्खलन पनि हो', विज्ञप्तिमा भनिएको छ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, एनसेल, कर फर्स्यौट आयोग, नेपाल आयल निगम, काठमाडौँ नेशनल मेडिकल कलेज र साझा प्रकाशनसम्बन्धी भ्रष्टाचार प्रकरणले कुशासन मौलाउँदै गएको कुरा प्रस्ट छ। 'राष्ट्रिय सुरक्षाका हिसाबले अत्यन्तै सम्वेदनशील मानिने अन्तराष्ट्र्रिय विमानस्थल लगायतका भन्सार नाकाबाट नियमित रूपमा हुने सुन तस्करीले राज्य संयन्त्रको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ', विज्ञप्तिमा भनिएको छ।

जम्बो मन्त्रिपरिषद सरकारको दोहनकारी प्रवृत्तिको पटाक्षेप भएको विवेकशील साझा पार्टीको ठहर छ।

'लाखौँ युवाहरूले अरबका मरुमुमीमा रगत र पसिना बेचेर कमाएको रेमिटेन्सको भरमा चलेको अर्थतन्त्र र लोकतान्त्रिक सरकारको शासनमा ‘लुटतन्त्र’ को रजगज हुनु राजनीतिक गैरजिम्मेवारीको पराकाष्ठा मात्र हैन राज्य सञ्चालनमा रहेकाको नैतिकता र मानवताको चरम स्खलन पनि हो', विज्ञप्तिमा भनिएको छ।

लोकतान्त्रिक व्यवस्थाको मूल्य, मान्यता र मर्मको बर्खिलापमा देखिएका भ्रष्टाचार र अनिमियतताका घटनाप्रति सरकार र राज्यका जिम्मेवार निकायहरूको उदाशिनता उपर विवेकशील साझा पार्टी घोर भर्त्सना गरेको छ।

पार्टीले उपर्युक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गरेको छ। भ्रष्टाचार र राजनीतिक विसंगतिप्रति निरन्तर रूपमा खबरदारी गर्न विवेकशील साझा पार्टी सम्पूर्ण जनसमुदायलाई आह्वान समेत गरेको छ।

प्रकाशित: २७ भाद्र २०७४ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App