राजनीति

नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) गरिने

संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पर्सि बिहीबार अन्त्येष्टि गरिने भएको छ।

नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा जारी विज्ञप्तीमा नेम्वाङको अन्त्येष्टि पर्सि  बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ। 

 सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज नेकपा एमालेको केन्द्रीय कार्यालयमा राखिएको छ। सरकारले उनको अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ।

नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि आज  प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरू, विभिन्न कूटनीतिक नियोगका प्रमुखहरू तथा उच्चपदस्थ अधिकारीहरू सहित ठूलो संख्यामा पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणले नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेका थिए ।

प्रकाशित: २६ भाद्र २०८० १३:११ मंगलबार

नेम्वाङको अन्त्येष्टि पर्सि बिहीबार गर्ने संविधान सभा अध्यक्ष सुवास नेम्वाङ नेकपा एमाले