राजनीति

नेम्वाङको निधनमा एमालेले तीन दिन आधा झण्डा झुकाउने

नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाइने भएको छ। 

नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।

साथै औपचारिक कार्यक्रम पनि स्थगित गर्ने निर्णय भएको छ। आजको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय भएको छ। 

प्रकाशित: २६ भाद्र २०८० ०७:१५ मंगलबार

सुवासचन्द्र नेम्वाङ नेकपा एमाले