राजनीति

अध्यक्ष नेपालद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्। संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले जानकारी दिए।

नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र भोलि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ। एमाले उपाध्यक्ष नेम्वाङको गयराति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो।  

प्रकाशित: २६ भाद्र २०८० ०१:१४ मंगलबार

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल संसदीय दलका उपनेता