राजनीति

नेम्बाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भए: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।  

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा गए राती हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

प्रकाशित: २६ भाद्र २०८० ००:२५ मंगलबार

राष्ट्रपति पौडेल सुवास नेम्वाङको अप्रत्यासित निधन