राजनीति

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ।

पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बसेको पहिलो बैठकबाटै निर्णय गराएर बजेटसम्बन्धी अध्यादेश ल्याएका हुन्।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश, २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८० प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन्।

मुख्यमन्त्री कार्कीले शुक्रवार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए।

प्रकाशित: २४ भाद्र २०८० ०५:२१ आइतबार

कोशी प्रदेश बजेटसम्बन्धी अध्यादेश मुख्यमन्त्री हिक्मतकुमार कार्की कोशी प्रदेश आर्थिक अध्यायदेश २०८०