राजनीति

वर्दिवास नगरपालिकामा मधेसवादी दलले उम्मेदवारै पाएनन्

महोत्तरी- ६ महिने मधेस आन्दोलनको क्रममा बन्दको कुनै पनि प्रभाव नपरेकाले वर्दिवास नगरपालिका प्रमुख राजनीतिक दलको प्रमुख रोजाईको केन्द्र बन्न पुग्यो। त्यही भएर वर्दिवास नगरपालिकाको नेतृत्व आफ्नै दलले नेतृत्व गर्नुपर्ने भन्दैं प्रमुख दलबीच धपेरी नै चलेको छ।

माओवादी केन्द्र, कांग्रेस र नेकपा एमाले तीनवटै प्रमुख दलको अर्जुन दृटि वर्दिवास नगरपालिकामा आफ्नो पार्टीको पकड हुनु पर्नेमा केन्द्रीत छ तर मधेस वादी दलको वर्दिवास नगरपालिका संग कुनै सरोकार नै नरहेको बुधबार भएको स्थानीय तहको चुनावको मनोनयनका लागि उम्मेदवारी दर्ताको क्रममा देखिएको छ।

तीनवटै प्रमुख दलले बर्दिवासको नेतृत्व आ-आफनो पक्षमा पार्न धेरै पहिल्यै देखि कसरत गरेर उम्मेदवार टुंगो लगाइ सकेका थिए । तर मधेस वादी दलले वर्दिवासमा उम्मेदवार नै नपाएपछि मनोनयन समेत दर्ता गराउन सकेको छैन।

वर्दिवास नगरपालिकामा बुधबार नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले लगायतको प्रमुख दलले उम्मेदवारी दर्ता भए पनि मधेसवादी दलबाट कुनै पनि पदको लागि उम्मेदवारी दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालय वर्दिवासले जनाएको छ।

मधेस आन्दोलन हाँकेका ६ मधेसवादी दल मिलेर वनेको राजपा नेपाल र संघिय समाजवादी फोरम नेपालले वर्दिवास नगरपालिकाको प्रमुख पद बाहेकमा मात्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रकाशित: २२ भाद्र २०७४ ०६:४१ बिहीबार

वर्दिवास नगरपालिकामा मधेसवादी दलले उम्मेदवारै पाएनन्