राजनीति

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रीमण्डल विस्तार

तस्वीर: चुमन बस्नेत

कोशी प्रदेशमा मुख्य मन्त्री हिक्मत कुमार कार्कीले ३ मन्त्री र १ राज्यमन्त्री सहित मन्त्रीपरिषद विस्तार गरेका छन्।

सर्वोच्च अदालतले संविधानको धारा १६८ (३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसंगै शुक्रबार नै मुख्य मन्त्रीको सफत ग्रहण गरेका थिए।

सपथ ग्रहण गरेलगतै कार्कीले मन्त्रीपरिषद विस्तार गरेका हुन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तिलकुमार मेन्याङ्बो लाई मन्त्री, खानेपानी सिंचाइ तथा उर्जा  मन्त्रालय, स्वास्थ्य मन्त्रालय,पाचकर्ण राईलाई  वन वातावरण तथा पर्यटन मन्त्रालय, उधोग भुमि ब्यवस्था तथा कृषी मन्त्रालय, एकराज कार्कीलाइ  भौतिक पुर्वाधार विकास मन्त्रालय र सृजना राईलाई  सामाजिक विकास राज्यमन्त्रीको  जिम्मेवारी दिएका छन्।

नव नियुक्त मन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष  सपथ ग्रहण गरेका हुन्। राज्य मन्त्री राइले मुख्य मन्त्री कार्की समक्ष सपथ ग्रहण गरेकी थिइन्।

प्रकाशित: २२ भाद्र २०८० १३:२५ शुक्रबार

कोशी प्रदेश