राजनीति

कर्णालीको सम्भावनालाई चुनावी एजेण्डा मात्रै बनाएको लिङ्देनको आरोप

पत्रकारसंग बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन।

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णालीको सम्भावनालाई दलहरुले एजेण्डा मात्रै बनाएको आरोप लगाएका छन्।

उनले शुक्रवार वीरेन्द्रनगरमा आयोजित पत्रकारसंग बोल्दै कर्णालीको अपार सम्भावनालाई चुनावी एजेण्डा मात्रै सिमित हुँदा विकास हुन नसकेको संकेत गरे।

लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसंग मात्र जोडेको आरोप समेत लगाए। उनले यहाँका तमाम एजेण्डाहरु राष्ट्रिय प्रजातन्त्र पाटीले अवसर पाएको खण्डमा एकएक गरेर पुरा गर्ने समेत उद्घोष गरे। जनताबाट अवसर पाएको खण्डमा आफूहरुले कर्णालीका धेरै सम्भावनाको ढोका खोल्ने लिङ्देनले बताए। उनले आफ्नो पार्टीले सत्ता कन्द्रीत राजनिति पनि नगर्ने बताए।

राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको बताए। उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ता केन्द्रित राजनिती कहिल्य पनि नगर्ने दावी गरे। सरकारले भ्रष्टाचारका फाइल खोले पनि अनुसन्धानले तिब्रता नपाएकोमा दुःख ब्यक्त गर्दै भने, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्दा हाम्रो  पार्टीका १४ सांसदको साथ चाहिएको खण्डमा हामी साथ दिन तयार छौ।’ उनी सुर्खेतमा अब नविन राप्रपा भन्ने कार्ययोजना अनुसार सुर्खेतमा हुने कार्यकर्ता प्रशिक्षणका लागि आएका हुन्।  

प्रकाशित: २२ भाद्र २०८० १०:४५ शुक्रबार

अध्यक्ष राजेन्द्र लिङ्देन