राजनीति

रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा

बिहिबार बिहान निधन भएका काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति कामपाका मेयर उपमेयर, वडाअध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन्।  

उनको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ। त्यसपछि १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ।

सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।  

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति हुन्। रिजालले घरदैलोमै पुगेर जनतालाई सेवा दिने भएकाले लोकप्रिय थिए। काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकमा मेयर बालेन शाहसँग प्रतिवादमा उत्रिए पछि रिजाल चर्चामा आएका थिए।  

प्रकाशित: २१ भाद्र २०८० ०६:३३ बिहीबार

रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा