राजनीति

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

यो मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ हुनेछ। मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता  गराएका थिए। विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै रिट परेको हो।

प्रकाशित: २१ भाद्र २०८० ०३:४४ बिहीबार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै