राजनीति

बाराका दुई उपमहानगरपालिकामा एमाले उम्मेदवारको टुंगो

बारा- नेकपा एमालेले बाराका दुईवटै उपमहानगरपालिकामा पार्टीको तर्फबाट मेयर र उपमेयर सहित वडा अध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ।

एमालेले कलैया उपमहानगरपालिकाको मेयरमा पूर्व उपमेयर तथा बारा उद्योग बाणिज्य संघका अध्यक्ष विनोद साह र उपमेयरमा प्रतिमा यादवलाई उम्मेदवार बनाएको छ।

त्यसैगरी जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा डा. कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई एमालेले उम्मेदवार बनाएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताए।  पौडेल अहिले नेकपा एमाले बाराको सचिवालय सदस्य हुन्।

२०५५ सालमा पार्टीको जिल्ला सदस्य र युवा संघको जिल्ला अध्यक्ष बनेका पौडेल २०५७ सालमा संघको केन्द्रिय सदस्य भएका थिए। जितपुर सिमरा उपमहानगरपालिकाको उपप्रमुखमा सिफारिस चौधरी शिक्षिकाका साथै नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुन्।

२०५४ सालमा  भएको स्थानीय निकायको निर्वाचनमा एमाले पार्टीको तर्फबाट कलैया नगरपालिकाको  उपमेयर पदमा साह निर्वाचित भएका थिए।  

२०४९ सालमा कलैया नगरपालिका वडा नम्बर १ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका साह सोही बर्ष जिल्ला बिकास समितिको सभापति बाराको सभापति पदमा चुनाव लड्दा नेपाली कांग्रेसका उम्मेदवारसंग पराजित भएका थिए।

एमालेको नगर सचिव, क्षेत्रीय अध्यक्ष , जिल्ला सदस्य हुँदै अहिले प्रदेश सदस्य रहेका साह २०७३ सालको संविधानसभा निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेबाट संविधानसभा सदस्यमा लडेर नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरसँग पराजित भएका थिए।

उपप्रमुखमा सिफारिश प्रतिमा यादव पार्टीको कुनै पनि संगठनमा नभएको भन्दै एमाले भित्रै असन्तुष्टी देखिएको छ। एमाले नगर कमिटिले उपमेयरको लागि नामै सिफारीस नगरेको लागि केन्द्रले उम्मेदवार बनाए  पछि शुरु देखि एमाले पार्टीमा सक्रिया रहेका पुराना कार्याकर्ताहरु असन्तुष्ट बनेका छन्।

एमाले नगर कमिटि कलैयाले उपमेयर पदमा सरस्वती यादव, पुष्पा श्रेष्ठ र भगिया देवी पासवानलाई मात्रै नाम सिफारीस गरीए पनि नामै सिफारिस नगरीएको व्यक्तिलाई केन्द्रले उपमेयरमा उम्मेदवार बनाए पछि पुरानो कार्याकर्ताहरु असन्तुष्ट बनेका छन्।

एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले कलैया उपमहानगरपालिकको उपमेयरका उम्मेदवर प्रति पुराना कार्याकर्ताहरुको असन्तुष्टी रहेको स्विकारेका छन्।

पौडेलले नगरबाट उपमेयर पदमा सिफारीस नभए पनि उपमेयरको उम्मेदवार बनेकी प्रतिमा यादवलाई जिताउन सबै कार्याकर्ताहरु एक जुट भएर लाग्नु पर्ने बताए।

 

 

प्रकाशित: १८ भाद्र २०७४ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App