राजनीति

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसके जानकारी दिए।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाइर्ए हुने सम्भावना कत्तिको छ रु भन्ने प्रश्नमा उनले भन्नुभयो, ‘सम्भावना छ, किन छैन रु नहुने भन्ने के छ ? ’

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो। तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ थियो।

उनले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु।”  

प्रकाशित: २० भाद्र २०८० १०:२१ बुधबार

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइराला देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु : कोइराला सभापति शेरबहादुर देउवा चितवनको भरतपुर विमानस्थल