राजनीति

उमेदवारले तीव्र पारे चुनावी गतिविधि

बारा- असोज २ गते हुन लागेको स्थानीय तह तेस्रो चरणको चुनाव आफ्ना पक्षमा पार्न विभिन्न पार्टीका उम्मेदवारले चुनावी गतिविधि तीव्र पारेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायतका दलबाट जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले दिनरात घरदैलो, मोटरसाइकल ¥याली, अर्को पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने, चुनावी सभालगायतका गतिविधि तीव्र पारेका छन् ।

कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरम नेपालका तर्फबाट मेयर उम्मेदवार प्रमोद गुप्ताले चुनाव जित्न सबै किसिमको रणनीति अपनाइएको बताए । ‘अहिले जनताका घरमै गएर भोट माग्ने कार्य सुरु गरिएको छ,’ उनले भने, ‘घरघरमा गएर भोट माग्ने क्रममा  केही वडामा घरदैलो कर्यक्रम गरिएको छ ।’ नगर क्षेत्रका वडामा पार्टीका अध्यक्षका उम्मेदवार र कार्यकर्तालाई समेत परिचालन गरिएको गुप्ताले बताए ।

कलैयामा माओवादी केन्द्रका मेयर उम्मेदवार मुकेशकुमार साह नेतृत्वको टोलीले पनि दिनहुँ चुनावी कार्यक्रम गर्दै आएको छ । साहले नगर क्षेत्रका वडामा चुनावी सभा, मोटरसाइकल ¥याली र घरदैलो कार्यक्रम सुरु गरिएको बताए ।

चुनाव नजिकिँदै गएको अवस्थामाा कुनै वडामा घरदैलो कार्यक्रम भइरहेको छ भने कुनैमा मोटरसाइकल ¥याली र सभासमेत गरिएको उनले बताए ।

नगर क्षेत्रका वडामा पार्टीबाट चुनावी कार्यक्रममा खटेका कार्यक्रर्तासँग भेटघाट गरी दिनभरिको उपलब्धि बुभ्mन र उनीहरुको मनोबल बढाउन समेत रातिराति घुम्नुपरेको साहले बताए ।

२७ वटा वडा रहेको कलैया उपमहानगरपालिकामा कांग्रेस, एमाले, राजपाले उम्मेदवारको टुंगो नलगाउँदा तिनका कार्यकर्ता कम सक्रिय छन् ।

महागढीमाई नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदवार उपेन्द्र यादवले चुनावी सभा, मोटरसाइकल ¥याली र भोटरको घरघरमा गएर भोट मागिरहेको बताए । भोट माग्न स्थानीयको घरमा पुग्दा मेयर उम्मेदवार यादव र उपमेयर उम्मेदवार तारा देवीले बाढीपीडितलाई राहत पनि वितरण गरेका छन् ।

महागढीमाई नगरपालिकामा संघीय समाजवादी फोरमबाट मेयरका उम्मेदवार श्राद्धशंकर साह कलवारले समेत दिनहँु घरदैलो र चुनावी सभा गरेको बताएका छन् ।

सिम्रौनगढ नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार विजयशंकर यादवले चुनाव नजिकिँदै आएकाले त्यही अनुसार नगर क्षेत्रका अनुवा कार्याकर्तालाई भेला गराएको बताएका छन् ।

अगुवा कार्याकर्तासँग सल्लाह गरेर चुनावी सभा, मोटरसाइकल ¥याली र घरदैलो कार्यक्रममा खटिने यादवले बताए । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लामा तीन लाख ३७ हजार ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: १६ भाद्र २०७४ ०४:३४ शुक्रबार

उमेदवारले तीव्र पारे चुनावी गतिविधि