राजनीति

संविधान अनुसार बन्न बाँकी कानूनहरू बनाई संसदमा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएका छन्।  

सोमवारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।  

उनले संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरूलाई कार्यान्वयन गर्न पनि निर्देशन दिएका हुन्। उनले सुशासन कायम गर्न र सङ्घीयताको कार्यान्वयन प्रभावकारी रुपमा गर्न कानून निर्माण गर्नुपर्ने भन्दै कानूनी रिक्तता पुरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताए।

उनले भने, ‘सुव्यवस्थित रुपमा राज्य सञ्चालन गरी सुशासन कायम गर्न, सङ्घीयताको कार्यान्वयन प्रभावकारी रुपमा गर्न, कानूनी रिक्तता पूरा गर्नु आवश्यक छ। संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० मा उल्लेखित बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेस गर्नुपर्छ।’

राष्ट्रिय सभाको आगामी बैठक भदौ २४ गते आइतवार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ।

प्रकाशित: १८ भाद्र २०८० ०९:२३ सोमबार

अन्तिम संविधान राष्ट्रिय सभा गणेशप्रसाद तिमिल्सिना कानून