राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएकाे छ। 

सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएकाे हाे।

सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रकाशित: १८ भाद्र २०८० ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App