राजनीति

माघ भित्र एक लाख १७ हजार राष्ट्रिय परिचय पत्र वितरण हुने

जाजरकोट- सरकारले आगामी माघ महिना भित्र एक लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र दिने तयारी गरेको छ। मंगलवार जाजरकोटमा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार अवको साढे ५ महिना भित्र अन्तराष्ट्रिय मापदण्ड अनुसारको राष्ट्रिय परिचय पत्र वितरण गर्न लागिएको हो। व्यक्तिका सवै विवरणहरु समेटिएको परिचयपत्र वितरणका लागि तिव्र गतिमा काम भइरहेको वताइएको छ ।राष्ट्रिय परिचय पत्र वितरण सम्वन्धी जाजरकोट सदरमुकाम खलंगामा आयोजित एक दिने अभिमुखीकरण कार्यक्रममा गृह मन्त्रालयका सहसचिव एवम राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्न्द्रका कार्यकारी निर्देशक उद्धवप्रसाद तिमिल्सीनाले माघ भित्र सिंहदरवार भित्रका ७ हजार कर्मचारी र मन्त्रालयले छनोट गर्ने कुनै एक जिल्लाका एक लाख १० हजार नागरिकहरुलाइ राष्ट्रिय परिचयपत्र वितरणको लागि काम भइरहेको बताए।

उनका अनुसार  एसियाली विकास वैंकको अनुदान सहयोगमा अन्तराष्ट्रिय वोलपत्रको प्रक्रियावाट परिचय पत्र छपाइ तथा अन्य प्रक्रियाका कामहरु भइरहको छ ।सहसचिव तिमिल्सीनाले पहिलो चरणमा राष्ट्रिय परिचय पत्र प्रणालीको डिजाइन गर्ने,परिचय पत्र छपाइका लागि हार्डवेर र सप्टवेरको आपुर्ति गर्ने,कार्ड व्यक्तिकरण सेन्टर निर्माण गर्ने,राष्ट्रिय  परिचय पत्रको ग्राफिक लेआउट मन्त्री परिषदवाट स्वीकृत गर्ने काम समाप्त भइसकेको बताए। त्यस्तै राष्ट्रिय परिचयपत्रको  सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येयक छलफका क्रममा रहेको  पनि उनले बताए।  परिचय पत्रका लागि आवस्यक पर्ने विवरण जिल्ला गाउँ र वडावाट पनि संकलन गरिने बताइएको छ । कार्यक्रममा केन्द्रका निर्देशक कृष्णवहादुर कटुवालले अब परिचयपत्र निर्माण प्रणालीको जडान,प्रणालीको परिक्षण र परिचय पत्र वितरणको काम वाँकी रहेको बताए। उनले परिचयपत्र निर्माणका लागि फ्रान्सको साफ्रान आइडेन्टीटी कम्पनी छनोट भएर काम भइरहेको  र गृहमन्त्रालयले परिचय पत्र वितरणका लागि एउटा जिल्ला छनोट गर्ने वित्तिकै अरु काम अघि वढ्ने बताए । सरकारले सुरुमा नागरिकलाई १० अंकको राष्ट्रिय परिचय नम्वर दिने छ पछि त्यसकै आधारमा विभिन्न विवरणहरु राखिएको परिचय पत्र वन्ने छ ।भर्खर जन्मेको वच्चाको जन्मदर्ता हुने वित्तिकै राष्ट्रिय परिचय नम्वर कायम हुने छ भने नागरिक्ता लिइ सकेकाहरुको त्यहि आधारमा नम्वर कायम हुने बताइएको छ । परिचय पत्रमा सधै एउटै नम्वर रहने र उक्त परिचयपत्रमा आफनो सम्पुर्ण विवरण सुरक्षित साथ समावेस हुने केन्द्रले जनाएको छ ।  कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक तिमिल्सीना र निर्देशक कटुवालले परिचय पत्र वितरणको प्रक्रिया र कानुनी व्यवस्थाका विषयमा गरेको प्रस्तुती माथि स्थानीय सरोकारवालाहरुले सुझाव प्रतिक्रिया दिदै तराइमा दोहोरो नागरिक्ता लिएकाहरुले यो परिचयपत्रको दुरुपयोग गर्ने सक्ने भएकोेले यस तर्फ कडा कानुन बन्नुपर्ने बताए। उनीहरुले परिचय पत्र वितरणको काम देशै भरि छिटो सुरु गर्न सुझाव दिए  । कार्यक्रममा उपस्थित स्थानीयहरुले राष्ट्रिय परिचय पत्र वितरणको काम जाजरकोटवाट सुरु गर्न आग्रह गरेका छन्।

प्रकाशित: १३ भाद्र २०७४ ११:०१ मंगलबार

१७ राष्ट्रिय परिचय पत्र वितरण हुने