राजनीति

एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन हुने

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन  हुँदैछ।

सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले  निर्देशन दिएपनि सहमति हुन नसकेपछि अध्यक्षका लागि आज निर्वाचन हुन लागेको हो।

उम्मेदवारी दर्ताको समय भने आज बिहान १० बजे सम्मकालागि राखिएको छ।

अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले भने आइतबार नै उम्मेदवारी दर्ता गराइसकेका छन्।

आज बिहान मनोनयनको काम सकिएपछि निर्वाचनमा जाने निर्वाचन कमिटीले बताएको छ। अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ।

प्रकाशित: १८ भाद्र २०८० ०२:०६ सोमबार

एमाले लुम्बिनी प्रदेश