राजनीति

नेकपा एसको सचिवालय बैठक सोमबार बस्ने

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ।

समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न  सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा आगामी माघमा तय भएको पार्टीको महाधिवेशनको तयारीबारे पनि छलफल हुनेछ।

प्रकाशित: १७ भाद्र २०८० ०६:५२ आइतबार

(एकीकृत समाजवादी