राजनीति

इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरू अघि बढाएको छुः अध्यक्ष दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरु अघि बढाइरहेको दाबी गरेका छन्।  

आज पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को शुभारम्भ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका अध्यक्ष दाहालले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे।  

उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गरे। प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताए।  

उनले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिले मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छ। सरकारले इतिहासले नै सम्झिनेगरी कयौँ शाहसिक र जनपक्षिय कामहरु अघि बढाइरहेको छ।’

अध्यक्ष दाहालले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशिल हुने भन्दै नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताए। अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गरेका हुन्। आज दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्दैछन्।

प्रकाशित: १६ भाद्र २०८० ०५:३२ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार जनतासँग माओवादी विशेष रुपान्तरण अभियान नेकपा (माओवादी केन्द्र)