राजनीति

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

आज पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन।उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे।

उनले एकीकृत समाजवादी माओवादीमा विलीन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरूका बिचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए।उनले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई आग्रह गरे।उनले आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिए।काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि उनको आग्रह छ।

नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरू पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।विद्यार्थीहरूलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ।उनले नेपालको शिक्षण संस्थालाई बढवा दिने नीति बनाउनुपर्ने बताए।

प्रकाशित: १५ भाद्र २०८० १३:०३ शुक्रबार

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल समाजवादी मोर्चा