राजनीति

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुन्छ: प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्रीले आगामी चीन भ्रमणमा कुराकानी गर्ने बताएका हुन ।उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए ।उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कूटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताए। 

प्रवक्ता सापकोटाले एमसिसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग बनाउनुपर्ने बताए । उनले औपचारिक र संस्थागत रुपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसिसी सम्झौताको अङ्ग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने बताए । माओवादी केन्द्र एमसिसी परियोजना व्याख्यात्मक घोषणालाई एमसीसीको अङ्ग बनाएर मात्रै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे।

उनले वर्तमान सत्तारुढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने बताए।उहाँले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका बिचमा पनि कुनै खटपट नपरेको बताए। 

प्रकाशित: १५ भाद्र २०८० १०:१३ शुक्रबार

अग्निप्रसाद सापकोटा चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुन्छ: प्रवक्ता सापकोटा नेकपा (माओवादी केन्द्र)