राजनीति

देउवाद्वारा दिल्लीसँग संविधान संशोधनको प्रतिबद्धता

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री मोदीसँग।

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय संस्थापन सामु नेपालको संविधान संशोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु उनले संसदमा दुई तिहाई नपुग्दा संशोधन प्रयास असफल भए पनि भविष्यमा सो कार्य गरिने प्रतिबद्धता जनाएका हुन्।

‘संविधान कार्यान्वयन गर्ने क्रममा हाम्रा केही मुद्दा सल्टाउन बाँकी छन्’, भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘दक्षिणी भेगको राष्ट्रिय जनता पार्टी समेत निर्वाचनमा सहभागी होस् भनेर हामी संविधान सबैलाई स्वीकार्य हुने गरी संशोधन गर्न चाहन्छौं।’

प्रधानमन्त्री नयाँ दिल्ली उड्नु दुई दिन अगाडि संसदबाट संविधान संशोधन प्रस्ताव अस्वीकृत भएको थियो। भविष्यमा दुई तिहाई बहुमतबाट संविधान संशोधन गरिने उनको भनाइ थियो। ‘मलाई आशा छ भविष्यमा दुई तिहाई बुहमतबाट संविधान संशोधन गरिनेछ’, उनले भने।

संविधान सभाबाट जनप्रतिनिधिले संविधान निर्माण गर्दा भारत क्रुद्ध बनेको थियो। उसले आफ्ना माग पूरा नभएको भन्दै नेपालमाथि ६ महिनासम्म नाकाबन्दी गरेको थियो। संविधानप्रति तराई केन्द्रित दलहरु पनि असन्तुष्ट रहँदै अाएका छन्।

भारतले नेपालको संविधानका ७ वटा प्रावधानमाथि संशोधन हुनुपर्ने अडान राख्दै आएको छ। ती बुँदा सम्बोधन हुनेगरी काँग्रेस-माओवादी गठबन्धन सरकारले संसदमा संविधान संशोधन प्रस्ताव लगेको थिए। प्रमुख प्रतिपक्षी एमाले, राप्रपा एवं सत्तारुढ दलकै केही सांसद संशोधनमा तयार नहुँदा संविधान संशोधन प्रयास बिफल हुन पुगेको थियो।
 
प्रकाशित: ८ भाद्र २०७४ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App