राजनीति

डा. कोइरालाले भेटे थुनामा रहेका खाणलाई

कांग्रेस नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। सुरक्षा स्राेतका अनुसार  बुधबार उनले केन्द्रिय कारागारमा पुगेर खाणलाई भेटेका हुन्।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई केन्द्रिय कारागारमा छन्।  

प्रकाशित: १३ भाद्र २०८० ०७:४७ बुधबार

बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरण डा. शशांक कोइराला