राजनीति

दीपक मनाङेसहित २ जनालाई विशेष अदालतको सफाइ

काठमाडौं – विशेष अदालतले दीपक मनाङे भन्ने राजिव गुरुङ र पासाङ डोमा गुरुङलाई आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आज सफाई दिएको हो मनाङे र पासाङ विरुद्ध २०७० जेठ ५ मा विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दा परेको थियो।

सम्पत्ति शुद्धिकरण विभागले गुरुङले अकुत सम्पत्ति जम्मा पारेको भन्दै १४ करोड रुपियाँ भन्दा बढी बिगो माग दाबी सहित आरोपपत्र विशेषमा दर्ता गरेको थियो ।

 

प्रकाशित: ४ भाद्र २०७४ १२:३३ आइतबार

दीपक मनाङेसहित जनालाई विशेष अदालतको सफाइ