राजनीति

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

काठमाडौँ –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

भारतीय प्रधानमन्त्री मोदीले साँझ ६ बजे टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवारलाई समवेदना व्यक्त गरेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

“भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो,” प्रधानमन्त्री देउवाले टेलिफोन वार्तापछि भने। रासस 

प्रकाशित: २ भाद्र २०७४ १४:३८ शुक्रबार

नेपाललाई २५ करोड गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता