राजनीति

श्रममन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ – श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रिचार्ड मोरिसले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्। 

भेटमा मन्त्री मंसुरले नेपाल र बेलायतबीच २०० वर्षअघिदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको स्मरण गर्दै नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा बेलायतले गरेको सहयोगको सराहना गरेको श्रम मन्त्रालयका प्रवक्ता भूवनप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राजदूत मोरिसले श्रम ऐन संसद्बाट पारित भएकामा खुशी व्यक्त गर्दै बेलायत सरकार मानव बेचबिखन, बाल श्रम निवारण एवं सुरक्षित श्रम आप्रवासका क्षेत्रमा नेपाललाई सहयोग गर्न तयार रहेको बताएका थिए। 

भेटमा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, मन्त्रालयका अधिकारीको समेत उपस्थिति रहेको थियो । रासस 

प्रकाशित: २ भाद्र २०७४ १४:१८ शुक्रबार

श्रममन्त्री बेलायती राजदूतबीच भेटवार्ता