राजनीति

राप्रपाको बैठकमा पार्टी विभाजनको समीक्षा

हेटौँडा—राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको हेटौँडामा आज सुरु भएको बैठकमा पार्टी विभाजनको समीक्षा हुँदैछ। बैठकमा संविधान संशोधन, क्षेत्र नं.२ को स्थानीय निर्वाचनबारे पनि छलफल हुने पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले बताए।

उनकाअनुसार आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

पार्टीको विभाजनको केही समयपछि अध्यक्ष कमल थापाले केन्द्रीय समिति विशेष बैठक बोलाएका हुन्। बैठकमा भाग लिन पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु हेटौँडा आइपुग्ने क्रम जारी छ।

प्रकाशित: १ भाद्र २०७४ १०:१६ बिहीबार

राप्रपाको बैठकमा पार्टी विभाजनको समीक्षा