राजनीति

चार दिने भ्रमणका लागि चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा

काठमाडौं- चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुगेका छन्।

उप्रधानमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गरेका थिए। चिनियाँ विशिष्ट पाहुनालाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका थिए। रासस

 

प्रकाशित: ३० श्रावण २०७४ १३:४४ सोमबार

दिने भ्रमणका लागि चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा