राजनीति

महान्यायाधीवक्ता श्रेष्ठद्वारा राजीनामा

काठमाडौं- महान्यायाधीवक्ता रमण श्रेष्ठले राजीनामा दिएका छन्। श्रेष्ठले आइतबार प्रधानमन्त्री मार्फत राष्ट्रपतिलाई राजीनामा दिएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीहुँदा श्रेष्ठ महान्यायाधीवक्तामा नियुक्त भएका थिए। दाहालको राजीनामा पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पनि श्रेष्ठले महान्यायाधीवक्तामा निरन्तरता भएका थिए। श्रेष्ठको राजीनामा स्विकृत भइसकेको छ।  

प्रकाशित: २९ श्रावण २०७४ १०:१९ आइतबार

महान्यायाधीवक्ता श्रेष्ठद्वारा राजीनामा