राजनीति

कोशीमा एमालेको सरकार बन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन्। आज  बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कोशीमा एमालेको सरकार बन्ने र मज्जाले चल्ने दाबी गरेका हुन्।  

सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको ओलीले बताए । सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेर समस्या सृजना गरेको ओलीले बताए।

‘माओवादी त संविधान नमान्ने भनेर युद्ध गरेको पार्टी हो उसको धेरै कुरा नगरौं तर, कांग्रेस जस्तो पुरानो पार्टीले एक छिनका लागि बलजफ्ती गर्नु संविधान नमान्नु त  भएन नी’ ओलीले भने। उनले कोशीमा एमालेको ४७ मात्रै नभई ५२ मत नै पुग्ने दाबी गरे। ‘कोशीमा ४७ मत मात्रै हैन ५०– ५२ मत नै एमालेको पक्षमा पुग्छ’ उनले भने।  

प्रकाशित: ८ भाद्र २०८० १०:५१ शुक्रबार

केपी शर्मा ओली