राजनीति

ललिता निवास लगायतको छानबिन गर्नु चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती: ओली

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओली। तस्बिरः चुमन बस्नेत/ नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासलगायतको बिषयमा  छानबिन गर्ने भनी हल्ला गर्नु चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती भएको बताएका छन्।

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले गिरिबन्धु टि स्टेट, ललिता निवासलगायतको छानबिन गर्ने हल्ला गर्नु चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती मात्रै भएको बताएका हुन्।

उनले अहिले एमालेको ध्यान सरकारतिर नरहेको पनि स्पष्ट पारे। ओलीले अहिले एमालेको ध्यान सुशासन, आर्थिक समृद्धि तर्फ मात्रै रहेको बताए। देशलाई स्थिरतातर्फ लैजान जिम्मेवार दलहरू कांग्रेस,एमाले लगायत मिलेर अघि बढ्नु आवश्यक भएको ओलीको भनाइ छ।  

प्रकाशित: ८ भाद्र २०८० ०९:४० शुक्रबार

केपी शर्मा ओली