राजनीति

मनमोहन मेडिकल कलेज किन्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सम्वन्धनका लागि निरीक्षणा सकिएको मनमोहन मेडिकल कलेजको पूर्णलागत उठ्नेगरी किनिदिने र उपत्यकामा माथेमा प्रतिवेदन अनुसार नै थप कलेज नखोल्नेमा सरकार प्रतिवद्ध रहेको बताएका छन्।

डा. गोविन्द केसीका माग पुरा गरी जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन पुगेका नागरिक अगुवा र पार्टीका नेतासँग यस्तो प्रतिवद्धता गरेका हुन्। उनले डा. केसीका माग अत्यान्तै महत्वपूर्ण र सान्दर्भिक रहेको आफुले बुझेको र कलेजहरुको मनपरीको हद नाघेको बताए। भेटका लागि भएका पूर्व स्वास्थ्यमन्त्री गगन थापाका अनुसार एमाले तयार हुने हो भने सम्पूर्ण लागत दिएर सरकार सो कलेज किन्न तयार भएको प्रधानमन्त्रीको प्रतिवद्धता जनाएको बताए। थापाले भेट गरिरहँदा केसीको जीवनरक्षाको लागि ध्यानाकर्ण गराउन नागरिक अगुवा निलाम्बर आचार्य, केदारभक्त माथेमा, चरण प्रसाई, कनकमणी दिक्षित र सुरेन्द्र भण्डारी लगायत डा. केसी पक्षका वार्ता टोलिका सदस्य समेत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

थापका अनुसार प्रधानमन्त्रीले माथेमा प्रतिवेदनकै स्प्रिट अनुसार विद्येयक ल्याएर सम्वन्धको चलखेल सदाका लागि बन्द गर्नु पर्ने विचार राखेका थिए। प्रधानमन्त्रीको प्रस्ताव र प्रतिवद्धता लिइसकेपछि सो टोली डा.केसीलाई भेट्न अनशनस्थल पुगेको छ।  

प्रकाशित: २८ श्रावण २०७४ १४:५२ शनिबार

मनमोहन मेडिकल कलेज किन्न सरकार तयार प्रधानमन्त्री