राजनीति

चुनावमा जान राजपा सहमत, संविधान संशोधन विधेयक भोटिङमा लैजाने

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय तहको निर्वाचनमा जान सहमत भएको छ। पार्टीभित्रै चुनावमा जाने नजाने अन्तरद्वन्द्व भइरहेका बेला शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीच भएको बैठकमा राजपाका शीर्ष नेताहरु चुनावमा जान सहमत भएका हुन्। त्यसका लागि राजपाका नेताहरुले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेस गर्न सत्तारुढ दललाई आग्रह गरेका छन्।

अध्यक्ष मन्डलका नेता राजकिशोर यादवका अनुसार आउँदो आइतबार उक्त विधेयक संसदमा पेस हुनेछ। त्यसका लागि सबै पक्षलाई एकजुट हुन आग्रह गरिने उनले बताए।

यसअघि संशोधन विधेयक पास नभइकल चुनावमा नजाने निर्णय राजपाले गरेको थियो। सोहीअनुसार स्थानीय तह दोस्रो चरणको चुनाव राजपाले बहिष्कार गरेको थियो। अब असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा राजपा सहभागी हुनेछ।

प्रकाशित: २७ श्रावण २०७४ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App