राजनीति

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

कञ्चनपुर–  जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ। 

समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप सातजना सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई आइतबार निर्वाचित भएको घोषणा गरिएको हो। 

समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुुब्बा अम्बादत्त भट्टले बताए। उनका अनुसार समन्वय समितिको सदस्यमा ठिट्ठा राना, बलराम पन्त, लक्ष्मण राना, सुन्नरी कडारा, इकरानी राना, गुड्डी नेपाली र सीता भण्डारी निर्वाचित भएका छन् । रासस 

प्रकाशित: २३ श्रावण २०७४ ०५:५० सोमबार

जिसस कञ्चनपुरमा एमालेको प्यानल