राजनीति

प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धानका प्रमुखहरूको अवधि नपुग्दै सरुवा

गृह मन्त्रालयले अवधि नपुग्दै दुई एसएसपीको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसीको सरुवा गरेको हो। 

गत पुसमा कमान्ड सम्हालेका उनीहरूको सरुवा गरिएको हो। परिसरमा महानिरीक्षक सचिवालयमा रहेका भूपेन्द्र खत्रीलाई ल्याएको छ भने कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ। 

अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ। त्यहाँका एसएसपी मनोज केसीको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ। 

उपप्रधानमन्त्री तथा गृहमन्त्रीको निर्देशनमा उनीहरूको सरुवा गरिएको हो। सत्ता गठबन्धन नै धरमराउने अवस्थामा पुगेपछि उनीहरूको सरुवा गरिएको हो। केही दिन अघि मात्रै गृह मन्त्रालयले सरुवा मापदण्ड ल्याएको थियो। सो मापदण्ड उनीहरूका लागि भने लागु गरिएन।

प्रकाशित: ४ भाद्र २०८० १२:१६ सोमबार

प्रहरी परिसर र अपराध अनुसन्धानका प्रमुखहरूको अवधि नपुग्दै सरुवा एसएसपी दानबहादुर कार्की उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसी